
अमेरिका पठाइदिन्छु भन्दै ७५ लाख ठगी गर्ने रञ्जन पक्राउ
काठमाडौं- अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति तनहुँ व्यास नगरपालिका–१२ घर भई हाल चन्द्रागिरि नगरपालिका–७ बसोबास गर्दै आएका ३० वर्षीय रञ्जन पाण्डे हुन्।
पाण्डेले अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ७५ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–४ बाट आइतबार पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।



कागजपत्र |
