
भिडियो कलमार्फत अश्लील गतिविधि गराउँदै पैसा असुल्ने युवक पक्राउ
काठमाडौं – नेपाली महिला तथा पुरुषहरूलाई भिडियो कलमा सहभागी गराउने र अश्लील फोटो तथा भिडियो सामग्री निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ परेका व्यक्ति सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौं, टोखा नगरपालिका ग्राण्डीमा बसोबास गर्दै आएका २९ वर्षीय रमेश थापा हुन्। उनी असार १३ गते साँझ ५ बजेको समयमा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेका हुन्।
थापाले नेपाल तथा विदेशमा रहेका नेपाली नागरिकहरूसँग रकम लिई अश्लील भिडियो कलमार्फत क्रियाकलापहरू गराउने र ती क्रियाकलापहरू रेकर्ड गरी अश्लील सामग्री बनाउने तथा ती सामग्री बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार “अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने” कसूरमा दिन ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।



कागजपत्र |
