मध्यरातमा विष्णुमतिबाट महिलाको उद्धारकर्ता काठमाडाैं परिसरबाट सम्मानित


काठमाडौं – विष्णुमती खोलाबाट एक महिलाको ज्यान जोगाउने साहसिक कार्यमा संलग्न प्रहरी र नागरिक उद्धारकर्तालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्मान गरेको छ ।

गएराति टोखा नगरपालिका–६ स्थित ग्राण्डी अस्पताल पछाडिको खोला किनारमा दुर्घटनाग्रस्त गाडीबाट एक महिलालाई जीवितै उद्धार गर्ने पाँचजनाको टोलीलाई बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विशेष समारोहबीच सम्मान गरेका हुन् ।

टोखा बस्ने अंकुश सिंहद्वारा चलाइएको बा.प्र.०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार विष्णुमती खोलामा खस्दा कारमा सवार भावना ओली बग्दै गर्दा चालकले भने ज्यान जोगाउन सफल भएका थिए ।

Rescue of a woman who was swept away with a car in Bishnumati

घटनापछि प्रहरी टोली र स्थानीय नागरिक तत्काल सक्रिय भई खोलामा पसी गम्भीर जोखिम मोलेर भावनालाई सकुशल उद्धार गरेका थिए । एसएसपी अधिकारीले ती उद्धारकर्ताहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरे ।

विपद्को समय अत्यन्त कठोर हुने र एउटा जीवन बचाउनु भनेको एक ठूलो मानवीय सफलता रहने बताउँदै जिल्ला प्रहरी परिसर, काठमाडौं सदैव तयारी अवस्थामा रहेको र जस्तोसुकै संकटमा पनि नागरिकलाई सहायता गर्न तत्पर रहेको उल्लेख गरे ।

सम्मानित हुनेमा प्रहरी हवल्दार उमेश कुमार लोहोनी, सशस्त्र प्रहरी हवल्दार समिर बिक, प्रहरी जवान सुमन थापा, अर्जुन गुरुङ र राजु तामाङ रहेका छन् ।

उद्धार कार्यमा टोखा प्रहरी प्रभागका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्र.ना.नि) कपील कार्कीको नेतृत्वमा परिचालित टोलीले जोखिम मोलेर उद्धार गरेको थियो ।

प्रतिक्रिया