दृष्टिका सम्पादकद्वय श्रेष्ठ र सुब्बा धराैटीमा रिहा


काठमाडाैं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् ।

समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा आज थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिएसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवै जनाको बयान र थुनछेक बहसपछि छोड्न आदेश दिएको हो ।

प्रतिक्रिया