प्रहरीको डिएसपी हुँ भन्दै ६ लाख ठगी, दुई जना पक्राउ


काठमाडौं– नेपाल प्रहरीको डिएसपी हुँ भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ४५ वर्षीय ज्ञान बहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरीका ४२ वर्षीय रेवती ओझा रहेका छन्।

उनीहरूले एक व्यक्तिसँग मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानको क्रममा संलग्न देखिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार ज्ञानु तामाङ २०७० साल फागुन २० गते हातहतियार खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्। साथै, उनीविरुद्ध जुवा सम्बन्धी मुद्दा पनि चलिरहेको खुलेको छ।

प्रतिक्रिया