


डेढ किलो अफिमसहित दुई जना पक्राउ

कैलाली- कैलालीमा डेढ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ परेका छन् । जुम्लाको गुठीचौर गाउँपालिका–४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही पक्राउ परेका हुन् ।
लम्कीचुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

