कैलालीमा साढे तीन किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ


कैलाली- कैलालीमा झण्डै साढे तीन किलो चाँदीका गहनासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

६ लाख ३४ हजार १८३ मूल्य बराबरको तीन किलो ३७० ग्राम चाँदीका गहनासहित भारतीय नागरिकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको हो ।

‘अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका- १०, सिमलघाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा अवैध चाँदीका गरगहनासहित रानालाई पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने ।

रानालाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको डीएसपी सिंहले बताए ।

प्रतिक्रिया