

सरकारले गर्यो सचिवहरूको सरुवा

काठमाडौं- सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।
निर्णयअनुसार डा. रामप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने किरणराज शर्मालाई लोक सेवा आयोगमा पठाइएको छ। हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, डिल्लिराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालयमा, चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ।
यसैगरी, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा र रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ।
साथै, हालै सचिवमा बढुवा भएका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।

