एटिएम फोड्दै गरेको अवस्थामा माछापोखरीबाट समातिए ज्ञानेन्द्र


काठमाडौं – काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मध्यराति साढे १२ बजे कुमारी बैंकको एटिएम तोडफोड गर्ने ठकुरीलाई काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोबाट पक्राउ गरिएको हो ।

उनले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटाएका थिए । उनले मापसे समेत गरेको खुलेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया