मस्कोमा युक्रेनको ड्रोन आक्रमण, चारवटै विमानस्थल बन्द


एजेन्सी — युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चारवटा विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएको हो ।

मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन् ।

केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन ।

 

प्रतिक्रिया