चितवनमा नीलगाईकाे सिकार, एक जना पक्राउ


चितवन- चितवनको महाराजगन्ज नगरपालिका–६, सानो बुटहनीया गाउँस्थित उखुबारीमा शनिबार राति नीलगाई सिकारको आरोपमा शिवराज नगरपालिका–२, हरहवा निवासी ५२ वर्षीय फरहान खानलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति १ बजे गोलीको आवाज सुनेपछि स्थानीयले खबर गरेपछि उदयपुर प्रहरी चौकीबाट पुगेको टोलीले घटनास्थलमा दुई वटा नीलगाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी निरञ्जन भट्टले बताए।

घटनास्थलबाट ६ राउन्ड गोली, ४ वटा खोका, एक हाइलक्स गाडी, एक मारुती भ्यान र दुई मोटरसाइकलसहित सवारी साधनहरू बरामद गरिएको छ।

सिकारमा संलग्न अन्य १०–१२ जना फरार रहेका छन् भने उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका खानलाई गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको छ। नीलगाई संरक्षित वन्यजन्तु भएकाले यसको हत्या वन ऐनअनुसार गम्भीर अपराधमा पर्छ।

प्रतिक्रिया