

‘पढाउने’ नाममा ‘पछ्याउने’, छात्रालाई यौन प्रस्ताव राख्ने शिक्षक पक्राउ

चितवन- चितवनको प्रतिष्ठित शैक्षिक संस्था नारायणी नमूना माध्यमिक विद्यालयमा एक सहायक प्रधानाध्यापकद्वारा आफ्नै छात्रामाथि यौनजन्य दुर्व्यवहार भएको खुलासा भएकाे छ।
विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील सन्देश पठाउनुका साथै होटलमा जाने दबाव दिएको उजुरी प्रहरीमा परेको छ। आरोप अनुसार, सापकोटाले छात्राको बुबा घरमा नभएको मौका छोपी पिछा गर्दै आफन्तको घरसम्म पुगेका थिए। डरले बालिका ४५ मिनेट शौचालयमा लुकेर बसेकी थिइन्।
पीडित छात्राले आफ्नो परिवारसँग घटनाबारे खुलस्त कुरा गरेपछि परिवारले साइबर अपराध अन्तर्गत उजुरी दर्ता गरेका हुन्। उजुरीकै आधारमा सापकोटालाई हिरासतमा लिइएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ।
त्रिलोचन सापकोटा विद्यालयको सहायक प्रधानाध्यापक मात्र नभई कक्षा १२ को परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत थिए।

