रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका उमेश पक्राउ


काठमाडौं- बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।

भोलोनले ४ जनालाई रसिया पठाईदिन्छु भनी लामो समयसम्म झुक्क्याएर विदेश नपठाई सम्पर्कविहीन भएको पीडितले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया