

तीनकुनेको हिंसात्मक आन्दोलनः सन्तोष राजावादी पक्राउ

काठमाडौं- गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाल गएराति काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।
तीनकुने आन्दोलनपछि बेपत्ता भएको भन्दै फेसबुकलगायत सोसल मिडियामा राजसंस्था पक्षधरहरूले ३४ वर्षे सन्तोषलाई प्रहरीले नै बेपत्ता पारेको आरोप लगाउँदै आएका थिए । तर, उनलाई काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित आफन्तको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
तीनकुनेको राजसंस्था पक्षधरहरूको आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दुई दर्जन मानिस घाइते भएका थिए ।

