पूर्व डीआईजी छविलाल जोशीलाई केहीदिन अस्पतालमा राखिने


बुटवल –  स्वास्थ्यमा समस्या भएपछि भैरहवा कारागारबाट युनिसर्भल मेडिकल कलेजमा भर्ना भएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अझै तीनचार दिन अस्पताल बस्ने भएका छन् । स्वास्थ्यमा समस्या आएपछि जोशीलाई २६ गते  कारागार प्रशासनले अस्पताल लगेको थियो ।

चिकित्सकले अझै तीनचार दिन अस्पताल बस्नुपर्ने बताएकोले जोशी अझै केही दिन अस्पताल नै बस्ने भैरहवा कारागार प्रशासन प्रमुख सुरेश भण्डारीले बताए ।

जोशीलाई प्रेसर र ईन्जाईटिक भएपछि युनिभर्सल मेडिकल कलेज लगिएको हो । उनलाई डाक्टर सन्दीप सुवेदीको नेतृत्वले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशमा जोशी विगत तीन महिना देखि भैरहवा कारागारमा छन् । उक्त प्रकरणमा पुर्व गृहमन्त्री रवि लामिछाने पनि भैरहवामै छन् ।

प्रतिक्रिया