

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

काठमाडौं- आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । दुईपक्षबीच अहिले सवा ५ बजेबाट वार्ता सुरु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा महासंघबाट संयोजक नानुमैया पराजुली,महासचिव तुलाबहादुर थापा, उपमहासचिव मदनराज जोशी,नेपाल शिक्षक संघको महासचिव ज्ञानेन्द्र रावल सहभागी छन् । महासंघले निर्णायक बाहेकको वार्तामा दोस्रो तहका पदाधिकारीलाई मात्र सहभागी गराएको छ ।
मन्त्रालयको तर्फबाट मन्त्री विद्या भट्टराई, शिक्षासचिव दीपक काफ्ले, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री र शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा छन् ।

