एक बर्षदेखि अन्डरकभर अप्रेशन, फिल्मी शैलीमा टुंगिदैछ निर्मला पन्त प्रकरण


काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरण सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदीले लगभग टुंगाएका छन्।

प्रदेश सरुवा भएदेखि नै निर्मला प्रकरणको अनुसन्धानलाई उच्च प्राथमिकताका साथ राखेका डिआईजी सुवेदी लगभग एक बर्षको लामो अनुसन्धान पश्चात अभियुक्तको नजिक पुगेका हुन्।

सरकार र प्रहरी संगठनलाई टाउको दुखाईको बिषय बनेको निर्मला काण्ड डिआईजी सुवेदीले फिल्मी शैलीमा अनुसन्धानलाई अगाडी बढाएका थिए। प्रहरी अभियुक्त पहिचानमा लगभग सफल भएको छ।

स्रोतका अनुसार डिआईजी सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएका थिए।

केही प्रहरीलाई अभियुक्त बस्न सक्ने सम्भावित ठाँउको पहिचान गरी विभिन्न भेषमा परिचालन गरेका थिए। ‘अन्डरकभर अप्रेशन’का रुपमा प्रहरी परिचालित थिए। लामो समयसम्म अन्डरकभर रहेका कतिपय प्रहरी अधिकारीले बलात्कार र हत्या प्रकरणसँग जोडिएका मानिसबीच अनुसन्धानकै शिलशिलामा घुलमिल भए।

एक बर्ष लामो अनुसन्धान पश्चात डिआईजी सुवेदीले अभियुक्त पहिचान गरे पनि प्रमाण जुटाउनको लागि केही दिन लाग्ने भएकोले सार्वजनिक गरेका छैनन्।

सरकारमा भने प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै छन् । एक महिना अगाडि मात्र गृहमन्त्री थापाले अब चाँडै निर्मलाको हत्यारा सार्वजनिक गरिने बताएका थिए। जसको सफलताको श्रेय डिआईजी सुवेदीलाई जानेछ

अनलाईन्युजको जिज्ञासामा डिआईजी सुवेदीले निर्मला पन्तको बलात्कार पश्चात भएको हत्या काण्डको अभियुक्त अब चाँडै सार्बजनिक गरिने दाबी गरे।

‘उ हाम्रो निगरानीमै छ, केही टेक्नीकल कुराहरु पूरा भएपछि नियन्त्रणमा लिई सार्वजनिक गर्नेछौं’, उनले भने।

११ साउनमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई बर्ष नाघेको थियो। पूर्वप्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको पालामा उक्त घटना भएको थियो। घटना पश्चात नेपाल प्रहरीको दुई आईजी खनाल र ठाकुर ज्ञवालीले अबकाश पाईसकेका छन्।

सरकारमा भने प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै छन् । एक महिना अगाडि मात्र गृहमन्त्री थापाले अब चाँडै निर्मलाको हत्यारा सार्वजनिक गरिने बताएका थिए। जसको सफलताको श्रेय डिआईजी सुवेदीलाई जानेछ।

संसददेखि सडकसम्म आन्दोलन

लामो समयसम्म दोषी पत्ता लाग्न नसकेको विषयलाई लिएर तत्कालिन समयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको उत्तर माग्दै संसद् नै अवरोध गरेका थिए।

त्यहिबेला गृहमन्त्री थापाले संसद्मा बोल्दै भनेका थिए, ‘निर्मला हत्या घटनाका दोषीहरूलाई कानुनी सजायबाट उन्मुक्ति नदिने कुरामा विश्वस्त गराउन चहान्छु। छानबिन तीव्र रूपमा अगाडि बढिरहेको छ। दोषीहरूलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु।’

गृहमन्त्री थापाले संसदमा मात्र होईन तत्कालिन समयमा निर्मलाका आमाबुबालाई पनि आश्वासन दिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता गरेका थिए ।

नेपाल प्रहरीमा उत्कृष्ट कार्य कार्य सम्पादन मात्र होईन व्यवसायीक छवि बनाएका डिआईजी सुवेदीलाई यहि सरकार र यीनै गृहमन्त्रीले बढुवा सूचीको अन्त्यमा झुण्डाई ‘कोही जान नमानेको’ सुदूरपश्चिम प्रदेशमा पुर्याएका थिए।

काठमाडौंको प्रहरी प्रमुख भएका बेला गुन्डागर्दीलाई ‘कोमा’मा मात्र राखेनन्, अन्तर्राष्ट्रिय अपराधको सञ्जाललाई पनि कानुनी बाटो देखाए। राजधानीलगायतका ठाउँमा चिनियाँ, युरोपेली गिरोहले बैंकका एटीएमलगायतमा गरिरहेको ठूलो आर्थिक अपराधको सञ्जाल सुवेदीले नै तोडिदिए

को हुन् डिआईजी सुवेदी?

डिआईजी सुवेदी जसलाई ‘ब्रो’ को नामले चिनिन्छ । उत्तम ब्रो, उनको ब्याचमा उनलाई नराम्रो भन्ने पाइँदैनन्।

उनको ब्याचमेट मात्र होईन सिनियर हुन या जुनियर कुरा कसैले काट्न सक्दैन ।

उनको ब्याचमा आईजी हुनुपर्छ भन्ने जो कोहीले पनि कि म हो नत्र ‘ब्रो’ हो भन्ने गर्छन् । आईजीको प्रतिस्पर्धामा आफू ‘ब्रो भन्दा राम्रो हुँ’ भन्ने हिम्मत ब्याचीले राखेका छैनन्।

राजनीति र संगठन प्रमुखको कमजोरी, चाकडीबाचका कारण उतकृष्ट हुँदाहुदै पनि डिआईजीमा पछाडी धकेलिए सुवेदी।

सरकार र संगठनप्रति सधै बफदार गरिमालाई उच्च राख्न सुवेदीले कुनै कसर बाँकी राखेनन्। त्यसको उदाहरण हो, बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याको सफल अनुसन्धान।

डिआईजी आफैं प्रहरी असई बस्ने एउटा चौकीमा बसेर अनुसन्धान गरेका थिए। यो त एक उदाहरण मात्र हो । उनी जुन जिल्लाको कमाण्डर बने त्यहाँ सफल मात्र भए।

जनकपुर होस चाहे सर्लाही, तस्कर र गुण्डाहरुको सात्तो लिन सुवेदीले कहिँ छाडेनन्। उनको ट्रयाक रेकर्ड नै अपराधमाथि हावी हुने र अपराधीलाई कस्टडीको बास गराउने छ।

‘आफ्नो ब्याचमा नामले मात्र होइन, कामले नै उत्तम प्रहरी अधिकृत हुन् सुवेदी’, उनका सहकर्मी भन्छन्,‘यस्ता प्रहरी अधिकारी पाउन निक्कै मुस्किल पर्छ नेपालमा।’

जुन बेला प्रहरी उपरिक्ष (एसपी) थिए, सुवेदी सर्लाही जिल्ला प्रमुख भएर गएका थिए। प्रहरी प्रमुखको लागि चुनौती र अवसर बोकेको जिल्लाको रुपमा सर्लाही पर्दछ। राजमार्गमा पर्ने तराईको यस जिल्लाको सीमा भारतसँग पनि जोडिएका कारणले अपराध नियन्त्रण र न्युनिकरणका लागि प्रहरी अधिकारीहरूका लागि सँधैको चुनौति बनेको जिल्ला थियो।

सुवेदी त्यसबेला सर्लाहीमा मात्र नभएर मधेसको दूरदराजमा समेत  ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल भएका थिए। जनकपुरमा बस्दा कुख्यात गुण्डा नाईके सञ्जय टक्लालाई पक्राउ गर्न हिम्मत राखेकै कारण उनलाई तराईका बासिन्दाले ‘सिंघम’ नाम उपहार दिएका थिए ।

त्यसबेला उनलाई उत्तम सुवेदी होइन, सिंघम सुवेदीको नामको नयाँ परिचय थपिदिएको थियो। सुवेदीले टक्लालाई पक्राउ गर्नासाथ मधेसका विभिन्न झुन्डमा रहेका आपराधिक समूहको सात्तो उडेको थियो।

त्यसपछि सर्लाहीमा उनले दुई महिनाको अन्तरालमा २०५० सालदेखि फरार रहेका तीन सय अभियुक्तलाई पक्राउ गरेर देखाए। ति मध्य १५० जना जेल चलान नै गराएका थिए। बिषेश गरी कर्तव्य ज्यान, खुनडाँका, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तपक्राउ गरी अदालतमा बुझाएको उनले बताए।

अपराधबाट समाजलाई मुक्त राख्न आफू मातहत सबै प्रहरी युनिटलाई हाईअर्लट राख्दै कुनै पनि किसीमबाट अपराधीसँग साँठगाँठ राख्ने प्रहरीलाई कडा कारवाही गर्न थालेपछि सर्वसाधारणले समेत सुरक्षाको अनुभूती गर्न थालेका थिए।

सुवेदीले प्रहरीबाट कुनै सहयोग आवश्यक परे दलाललाई साथ नलिई सोझै प्रहरी कार्यालयमा आउन सार्वजनिक आह्वान समेत गरेका थिए।

फिल्डमा आफैं खटिने उनको आनीबानी थियो। उनीमाथि विश्वास गरेका पूर्वप्रहरी महानिरिक्षक (आईजी)हरू भन्छन्,‘यस्ता अफिसर संगठनले पाउनु भनेको नेपाल प्रहरीको नाक जोगाउने काम हुनु हो।’

भागरथी प्रकरण सल्टाउनका लागि उनको सक्रियतालाई त हाल गृहमन्त्री  थापा, प्रधानमन्त्री ओलीले पनि प्रशंशा गरेका छन्। यतिमात्र नभएर प्रतिपक्षी दलदेखि आम सर्वसाधारणले उनको खटाइलाई सलाम भनेका छन्।

काठमाडौंको प्रहरी प्रमुख भएका बेला गुन्डागर्दीलाई ‘कोमा’मा मात्र राखेनन्, अन्तर्राष्ट्रिय अपराधको सञ्जाललाई पनि कानुनी बाटो देखाए। राजधानीलगायतका ठाउँमा चिनियाँ, युरोपेली गिरोहले बैंकका एटीएमलगायतमा गरिरहेको ठूलो आर्थिक अपराधको सञ्जाल सुवेदीले नै तोडिदिए।

प्रतिक्रिया