

नक्कली बाबु बनी भारतीयलाई नेपाली नागरीकता दिलाउने पक्राउ

सिरहा – सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

