बझाङमा अरिङ्गालको टोकाइबाट बालकको मृत्युु
बझाङ- बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेर घाइते भएका उनको जिल्ला अस्पताल बझाङमा सोमबार उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएकामा उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।