

सशस्त्र मुख्यालयमा गृहसचिव, सीमासुरक्षामा सहयाेगात्मक भूमिका खेल्न निर्देशन

काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले बिहीवार सशस्त्र प्रहरी बल, नेपालका देशभरका वाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिहरुलाई निर्देशन दिएका छन्।
गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिएका थिए।
उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउन एवं अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गरी राजस्व संकलनमा उल्लेख्य बृद्धि गराउन सहयोगात्मक भूमिका निभाउन निर्देशन दिए।

सशस्त्र प्रहरी बल, नेपालका युनिटपतिहरुलाई कार्यक्षेत्रमा निरन्तर क्रियाशील रहन निर्देशन दिनुका साथै बाहिनीपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताउँदै हुँदै सचिव न्यौपानेले सीमामा खटिएर काम गर्दा सशस्त्र प्रहरी कर्मचारीहरु ईमान्दार व्यवसायिक र अनुशासित भई कार्य गरेको खण्डमा यसले कर्मचारीहरुको बृत्तीविकासमा समेत योगदान पु¥याउने बताए।
गृहसचिव न्यौपानेले कोभिड–१९ महामारी नियन्त्रणमा सीमा नाका, आईसोलेसन सेन्टर तथा देश भरका विभिन्न ठाउँहरुमा खटिएर तथा नेपाल एपिएफ अस्पताल मार्फत सशस्त्र प्रहरी कर्मचारीहरु, चिकित्सक र स्वास्थ्यकर्मीहरुले पु¥याएको योगदान स्रहानीय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन तथा विपद् पीडित नागरिकहरुको उद्वारमा सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको तत्परता प्रशंसनीय रहेको बताए।
गृहसचिव न्यौपानेले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई परास्त गर्दै अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिए। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापन गर्दै गृहसचिवबाट भएको निर्देशनलाई ईमान्दार, अनुशासित,कर्तव्यनिष्ठ र व्यवसायिक भई पालना गर्न मातहत राष्ट्रसेवकहरुलाई निर्देशन दिनुका साथै राष्ट्र, जनता र संगठनलाई सदैव शीरमा राखेर कार्य गर्न र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपाल, राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तितर्फ अहोरात्र कार्यक्षेत्रमा खटिई संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा उद्वार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहेको बताउनुहुँदै नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे।

