‘लाज शरणम्’ मा धुर्मुस


काठमाडौं-  झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा  फर्किएका हुन् ।

अहिले डोल्पाको दूरगाउँमा धुर्मुसलाई लिएर फिल्म ‘लाज शरणम्’को छायांकन भइरहेको छ । ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।

उनी चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए ।

प्रतिक्रिया