संकटमा पल शाहको करिअर !


काठमाडाैं- पल शाह अभिनित चलचित्र रावायण हाल हलमा प्रदर्शन भइरहेकाे छ । तर,  रावायणले अपेक्षित व्यापार गर्न सकेकाे छैन । पलले अभिनय गरेको सो चलचित्र फ्लप भएपछि आगामी कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र मायावीको प्रदर्शन मिति सरेको छ ।

कार्तिक १५ को रिलिज डेट सरेसँगै दिवाकर भट्टराई निर्देशित सो चलचित्र अब पुस २६ गते प्रदर्शनमा आउने भएको छ । तत्काल जोखिम नमोल्न निर्माण पक्षले मायावीको मिति सारेको चर्चा भईरहेको छ । मायावीमा पल शाहको मूख्य भूमिका रहेको छ ।

यसैबीच पलको हातबाट अर्को फिल्म  फुस्किएको  छ । उनी शीर्ष भूमिकामा रहने भनिएको फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । निर्माताले पलको स्थानमा सौगातलाई भित्र्याएको चर्चा चलेको हो ।

चलचित्रमा पल शाह अनुबन्ध भएको जानकारी दिँदै निर्माण पक्षले साउन १५ गते फिल्मको पोस्टर सार्वजनिक गरेको थियो । तर, अहिले फिल्मको पेजबाट पल शाहलाई फिचर्ड गरिएको पोस्टर हटाइएको छ ।

पल शाह  ‘नाबालिग बलात्कार’ मुद्दासँग जाेडिएका विवादित अभिनेता हुन् । साेही कारण रावायण  फ्लप भएकाे चर्चा चलिरहेकाे छ ।

 

 

प्रतिक्रिया