एनसेल फाउन्डेसनको घोषणा


काठमाडौं-   निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गरेको छ । एनसेल स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा फाउन्डेसनको घोषणा गरिएको हो ।

फाउन्डेसनका तीन उद्देश्य राखिएको छ । पहिलो, सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्तिलाई फाउन्डेसनमार्फत सहयोग गरिनेछ । दोस्रो, ‘डिजिटल डिभाइड’का निम्ति काम गरिनेछ । तेस्रो, स्वस्थ र दिगो नेपालको विकासमा योगदान गरिने एनसेलका सीईओ जाब्बोर कायुमोभले बताए ।

१९ वर्षदेखि एनसेलले सामाजिक उत्तरदायित्वका क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको उनले जानकारी गराए ।

१९ वर्षमा एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा २ अर्ब बढीको योगदान गरिसकेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।

अहिलेसम्म एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब बढी योगदान गरिसकेको छ, जसबाट १ करोड ३० लाख बढी नागरिक लाभान्वित भएका छन् ।

प्रतिक्रिया