पूजालाई लक्षित गर्दै समीक्षाले भनिन्, ‘मैले दिदी मानेकी छु, अझै मान्छु तर यसरी पीडा नदिनुस् प्लिज !


काठमाडौं — नायिका पूजा शर्माले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै गायिका समीक्षा अधिकारीले आफूभन्दा १४ वर्ष कान्छी बहिनीलाई बारम्बार प्रहार नगर्न अनुरोध गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘के सहि ? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।

त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?

यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ?’

पल शाह र पूर्जा शर्माले एउटा कार्यक्रमका बारेमा दिएको अन्तर्वार्तामा दिएको अभिव्यक्तिबारे समीक्षाले सिनेमा चलाउनका लागि पटकपटक आफूलाई प्रहार गर्न नहुने बताएकी छिन् ।

उनी लेख्छिन्,

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!
सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र?
यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।

प्रतिक्रिया