चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त


काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

प्रतिक्रिया