२७औं मुख्यसचिव बन्दै एकनारायण अर्याल


काठमाडौं – सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

वर्तमान मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । उनी नेपालको २७औं मुख्यसचिव बन्नेछन् ।

२०७७ भदौमा सचिवमा बढुवा भएका उनी काठमाडौं जस्तो संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् । त्यसका अलवा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरिसकेका छन् ।

उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत पनि बनिसकेका हुन् ।

नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए ।

सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया