भारतको उत्तराखण्डमा पहिराेले च्यापिएर मृत्यु हुने ४ नेपालीको पहिचान खुल्यो


काठमाडाैं-  भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । दिल्लीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन् ।

दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीका अनुसार चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको हो । बुढाको पूर्ण ठेगाना खुलेको छैन ।

उनीहरु चारै जना सडकछेउमा छाप्रो बनाएर  बस्दै आएका थिए । उनीहरु चारै जना डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पुगेका थिए । मृतक चारै जनाको शव रुद्रप्रयाग स्थित सरकारी अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया