हिम पहिरोले मुस्ताङको बोक्सीखोला थुनियो


काठमाडौं-  मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

शुक्रबार दिउँसो हिम गएको हिम पहिरोले बोक्सी खोला थुनिएको बताइएकाे छ । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम आंकलन भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।  उनले  सतर्कता अपनाउन सूचना जारी गरिरहेको बताए ।

उक्त पहिरो बगेर एककिलोमिटर तल आइपुग्यो भने कालीगण्डकीमा पुग्छ ।

प्रतिक्रिया