

रेमिट्यान्स गिरावट: राष्ट्र बैंकले थाल्यो अनुसन्धान, मौरिससबाट कारोबार नगर्न निर्देशन

काठमाडौं – मौरिससमा रहेको एमएण्डएम रेमिट कम्पनीबाट कारोबार नगर्न नेपाली रेमिट्यान्स कम्पनीहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
विदेशबाट भित्रने रेमिट्यान्स कारोबार शंकास्पद देखिएको भन्दै राष्ट्र बंकले उक्त कम्पनीसँग कारोबार नगर्न निर्देशन दिएको हो ।
उक्त कम्पनीसँग लिनु पर्ने पैसा भए लिनका लागि भने यो निर्देशनले बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ । कारोबार शंकास्पद देखिए पछि अनुसन्धान समेत शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
कारोबार शंकास्पद देखिए पछि त्यो कम्पनीसँग हामीले कारोबार नगर्न भनेका छौं, थप अनुसन्धान हुँदैछ’ कार्यकारी निर्देशक पौडेलले भने ।
कोरोना भाईरसबाट बच्न मुलुक लकडाउनमा रहेको अवस्थामा बढेको रेमिट्यान्स लकडाउन खुलेसँगै रेमिट्यान्समा एका एक गिरावट आएको थियो ।

