जुवाखालबाट पक्राउ परेका पूर्वमन्त्री र ‘सक्किगोनि’का इन्स्पेक्टरसहित ११ जना धरौटीमा रिहा


काठमाडौं-  प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहितका ११ जना धरौटीमा छुटेका छन् । शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको बताइएकाे छ ।

सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए ।

कलाकार पुरुषोत्तम आचार्य ‘सक्किगोनि’मा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् ।

प्रतिक्रिया