बझाङमा सुख्खा पहिरोमा परेर वृद्धको मृत्यु


बझाङ- बझाङमा सुख्खा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका वडा नम्बर–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रशाद जोशीको आइतबार घर नजिकै खसेको सुख्खा पहिरोमा परेर मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब ३ बजे घरमाथिको जंगलमा दाउरा काट्न गएका बेला जोशीलाई एक्कासी खसेको ढुंगासहितको सुख्खा पहिरोले बेपत्ता बनाएको केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष सुरेश बहादुर जेठाराले जानकारी दिए ।

आइतबार दिउँसो ३ बजेबाट पहिरोमा परि बेपत्ता भएका जोशीको खोजतलासका क्रममा आज बिहान मात्रै शव फेला परेको हो । उनका छोराहरु भारतमा भएकाले मंगलबार मात्रै उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया