टीआरसीमा दलहरूबीच जुट्यो सहमति


काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदल(टीआरसी)मा दलहरूबीच सहमति जुटेको छ ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा शीर्ष ३ दलबीच सहमति जुटेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार तीन दलका कार्यदलका बिचमा आज सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने छन् ।

उनले भने, ‘कानुन निर्माण गर्ने कुरामा अन्तिम सहमति हामीले गरेका छौँ। अब प्रक्रियामार्फत अघि बढ्छ।’

यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार विवादित विषयमा सहमति जुटेको र अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्‍याउन सकिने बताए ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।

प्रतिक्रिया