

जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ

काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरी पक्राउ परेका हुन् ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

