गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना पक्राउ


भक्तपुर – हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

केही युवाहरू लिएर भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७४ सालमै सहमतिमा सम्बन्ध विच्छेद भइसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी छन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । मनोजले दोस्रो विवाह समेत गरिसकेका छन् ।

मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ ।

प्रतिक्रिया