कर्णाली नदीले पनि पार गर्यो खतरा तह


काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलोगाढ जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि पुगेको जानकारी दिएको हो ।

सो जलमापन केन्द्रमा निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, दिउँसो १२ बजेर ५० मिनेट जाँदा कर्णालीको जल सतह ८.७६ मिटर पुगेको छ ।

अहिले पनि कर्णाली नदीको बहाव बढिरहेको विभागले जानकारी दिएको छ । सो स्थानमा कर्णालीको सतर्कता तह ५.५ मिटर हो ।

यो समाचार तयार पार्दासम्म बर्दियास्थित चेपाङ स्टेशनमा बबई नदीको जलसतह ५.६५ मिटर उचाइमा पुगेको छ । डडेलधुरास्थित पारीगाउँमा महाकाली नदि ६.१८ र चितवनमा नारायणी नदी चितवनको देवघाटमा ७.६७ मिटरमा पुगेको छ । यी तीनवटै नदीले सतर्कता तह पार गरेको हो ।

 

प्रतिक्रिया