सल्यानबाट एक थान रिभल्बर बरामद


काठमाडौं – सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर बाट प्रहरीले एक थान रिभल्बर बरामद गरेको छ । दिपक चलाउनेको घर नजिकै ढुङ्गाको चेपबाट १ थान रिभल्बर प्रहरीले बरामद गरेको हो । दिपकले शुक्रबार आफ्नै छोरालाई मादक कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले दिपकलाई १ थान रड, २ थान खुकुरी र १ थान खुर्पा सहित शुक्रबार राति पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा निजको घर नजिकै ढुङ्गाको चेपमा लुकाई राखेको अवस्थामा उक्त रिभल्बर प्रहरीले बरामद गरेको हो ।

 

प्रतिक्रिया