१ लाख ३१ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ


काठमाडौं – बर्दियामा नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ सहित सातजना जुवाडे पक्राउ परेका छन् । गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखहरूको बिचमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।
राजापुर नगरपालिका–६ बस्ने ५२ वर्षीय धुबु देवकोटा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया