महिला लघुवित्तमा झुम्मिए लगानीकर्ता, कतिमा भयो त पहिलो कारोबार ?


काठमाडौं – महिला लघुवित्तको शेयर कारोबार सुरु भएको छ । मंगलबारबाट सुरु भएको उक्त कम्पनीको शेयर प्रतिकित्ता ४३८ रुपैयाँमा खरिदबिक्री भएको हो ।

सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो।

दोस्रो बजारमा शेयर कारोबारको लागि कम्पनीले एमएलबीएसएस कारोबार संकेत पाएको छ। सोहि संकेतमा मंगलबार कम्पनीको पहिलो कारोबार भएको हो।

नेप्सेको पछिल्लो तथ्यांकअनुसार महिलाको शेयरमा लगानीकर्ता झुम्मिए पनि कारोबार भने भएको छैन । पछिल्लो तथ्यांकअनुसार करिब ७ लाख भन्दा बढी कित्ताको माग देखिएको छ भने कसैले पनि बेच्न नचाहेको तथ्यांक देखिएको छ ।

 

प्रतिक्रिया