

मानवता विहीन बन्दै समाज: ८ वर्षीया बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

विराटनगर – मोरङमा घाँस काट्न गएकी ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उक्त आरोपमा आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन् ।
प्रहरीका अनुसार सुस्त मनस्थितिकी बालिकालाई घाँस काट्न गएकी बेलामा बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो । बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो ।

