सूचना जारी गर्दै प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागी स्थगित


काठमाडौँ – सुचना जारी गर्दै सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै अनिश्चित कालका लागि बैठक स्थगित गरिएको जनाएको हो । यसअघि सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो साढे १२ बजे बोलाएका थिए ।

प्रदेशसभाको फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितिमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको थियो । सभामुख भण्डारीले मुख्यमन्त्री राईकै सहमतिमा चैत २ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । तर, विशेष कारण देखाउँदै उनले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने या सभामुख भण्डारीले खारेज गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया