
वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आरोपपत्रमा निरौलालाई कैद गरी बिगो भराउन आयोगले माग गरेको छ ।
आयोगको टोलीले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियाे ।



कागजपत्र |
