
६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका फरार चालकलाई ७ वर्षपछि पक्राउ गरेको छ ।
२०७३ सालमा स्वर्गद्वारी जाने क्रममा दुर्घटना भएको बा ८ च १५६१ नम्बरको स्कोरपियो गाडीका चालक सरोज घलेलाई पक्राउ गरेको हो ।
ललितपुरको महाकांल गाउँपालिका वडा नं. ३ बस्ने घलेलेलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको ग्वार्कोबाट पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाएको छ ।



कागजपत्र |
