‘रेमश चौधरीले सुदूर सरकार ढल्यो भने चार जनाको हत्या हुन्छ भनेका छन्’


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टीका संस्थापक रेशमलाल चौधरीले आक्रमण गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भौतिक आक्रमण गरिएको बताए ।

नाउपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो । तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन् । रेशम चौधरी भने आइसकेका थिए ।

‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन । केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो ।’

सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्‍यौँ,” उनले भने ।

उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताएकाे समेत आरोप लगाए ।  ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन,’ उनले भने ।

प्रतिक्रिया