

चोरी मुद्दामा पक्राउ परिन् अनेरास्ववियुकी नेतृ रक्षा बम

काठमाडाैं- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थायी कमिटि सदस्य रक्षा बम पक्राउ गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुकि स्थायी कमिटि सदस्य बमलाई महाराजगन्ज प्रहरीले मंगलबार पक्राउ गरिएकाे हाे ।
चाेरी तथा अपराधीक लाभ मुद्दामा बमलाई काठमाडौंकै बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका प्रहरी नायब उपरीक्षक(डीएसपी) अमर थापाले जानकारी दिए ।
उनकाअनुसार बममाथि अनुसन्धानका लागि बुधबार म्याद थप्ने तयारी छ ।

