

अझैसम्म किन पक्राउ परेनन् जीबी राई ? यसो भन्छन् आईजीपी कुँवर

काठमाडाैं- देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी)हालसम्म पक्राउ परेका छैनन् । मलेसियामा रहेको भनिएका राईविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस जारी भएको धेरै समय भइसकेको छ ।
तर, पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै कुँवरले यस्ताे बताएका हुन् ।
सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम जोडिए पनि कुनै प्रमाण फेला नपरेको उनले स्पष्ट पारे ।

