

लागुऔषधसहित पक्राउ परिन् आश्रीता

चितवन- चितवनमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । दाङको लमही नगरपालिका–३ घर भई चितवनको भरतपुर महानगरपालिका–३ मा भाडामा बस्दै आएकी ३२ वर्षीया आश्रीता चौधरी पक्राउ परेकी हुन् ।
उनले कोठामा लुकाएर राखिएको सात सय ३५ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
बूर्पिनोफिन इन्जेक्सन दुई सय ४४ एम्पुल, प्रोमेथ्राजिन हाइड्रोक्लोराइड इन्जेक्सन दुई सय ५१ एम्पुल र डायजेपाम इन्जेक्शन दुई सय ४० एम्पुल फेला परेको बताइएको छ । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

