

पोर्चुगलकाे आस देखाएर ठगी गर्ने न्यौपाने पक्राउ

काठमाडौं- पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोटका रोजिन न्यौपाने सात जनालाई पोर्चुगल पठाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा काठमाडौंकाे माछापोखरीबाट पक्राउ परेका हुन् ।
न्यौपानेले प्रतिव्यक्ति दश लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । उनले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने जागिर लगाइदिने प्रलोभन देखाएर रकम लिने गरेको प्रहरीले जनाएको छ ।

