विश्वमै पहिलोपटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड


काठमाडाैं- संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

यसअघि अमेरिकाको सर्वोच्च अदालतले ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको थियो ।

अत्यधिक पीडा वा यातना हुनसक्ने भन्दै यो विधिको विरोध पनि भएको थियो । अन्तिम मिनेटको अपीलमा हारेपछि उनलाई नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइएको हो ।

५८ वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

प्रतिक्रिया