

देशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलराम कुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
बलरामकुमार महतोले जीवछकुमार शाहसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीले जानएको छ । त्यस्तै गणेश राईले जापान पठाइदिन्छु भन्दै भक्तबहादुर राई समेत २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।
पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

