बालुवाटार जाने बाटाेमा खाली कुर्सी राखेर प्रदर्शन


काठमाडौं- नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा राजनीतिक नियुक्तिविरुद्द खबरदारी तथा प्रदर्शन गरेको छ ।

बालुवाटार जाने सडक भाटभटेनी अगाडि करिब १५० वटा खाली कुर्सी राखेर संघले सांकेतिक प्रदर्शन गरेको हो ।

खाली कुर्सीमा विश्वविद्यालयमा हुने सबैखालको राजनीतिक नियुक्तिको विरोध गर्दै पर्चा प्याम्लेटहरू टाँसिएका थिए ।

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रार लगायतका उच्च पदाधिकारीहरूको नियुक्ति राजनीतिक तहबाट हुँदै आएको छ ।

 

प्रतिक्रिया